शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री

काठमाडौं । जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार देशका पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्नेछन् । शुक्रबार शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र देशको नेतृत्वका लागि चुनिएका हुन् । रोयटर्सका अनुसार वर्तमान सत्तारुढ एलडीपीका नेता शिगेरु इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । किनभने […]

Sep 27, 2024 - 08:33
 0
शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री

काठमाडौं । जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार देशका पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्नेछन् ।

शुक्रबार शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र देशको नेतृत्वका लागि चुनिएका हुन् ।

रोयटर्सका अनुसार वर्तमान सत्तारुढ एलडीपीका नेता शिगेरु इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । किनभने संसद्‌को तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण छ ।

जापानको लोकतान्त्रिक प्रणालीमा संसद्‌को तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । पहिलो र दोस्रो चरणको मतदानमा इशिबाले आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register