दशैंलक्षित सुरक्षा योजना : घटना भएको ५ मिनेटमा पुग्ने, ३७६५ प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको छ । चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री […]

Sep 27, 2024 - 08:53
 0
दशैंलक्षित सुरक्षा योजना : घटना भएको ५ मिनेटमा पुग्ने, ३७६५ प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको छ ।

चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चूनौतिहरु पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।

सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुने उनले बताए । घटना भएको ५ मिनेटमा पुग्ने र ३० मिनेटमा प्रतिकार्य पूरा गर्ने प्रहरीको योजना छ ।

जनमानसमा सुरक्षकर्मीको सहज पहुँच, अपराध न्यूनीकरणका साथै स्रोत साधनको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राखिएको रजौरेले बताए ।

उनले एरिया विभाजन गरि १४ जना प्रहरी नायब उपरिक्षकको कमाण्डमा एउटा टोलीमा १० जना रहने गरि परिचालन गरिने जिकिर गरे ।

सवारी गस्तीमा इ–क्यूआरटी ७६ र २४ वटा मोबाइल गस्ती परिचालन हुने परिसरले जनाएको छ । त्यस्तै, सादा पोशाकमा ३८ वटा टोली खटिने प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register