बेंगलुरु हत्या प्रकरण : यस्तो थियो मुख्य अभियुक्तले लेखेको सुसाइड नोट

काठमाडौं । भारतको बेंगलुरुमा नेपाली महिला एच महालक्ष्मी दासको हत्या घटनामा नयाँ तथ्यहरु खुल्दै आएका छन् । प्रहरीले मुख्य अभियुक्त भनेको मुक्ति रञ्जन रायले सुसाइड नोट लेखेर आत्महत्या गरेपछि नयाँ तथ्य खुल्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दासले आफूलाई अपहरणको मुद्दामा फसाउने धम्की दिएको कारण हत्या गरेको रायले सुसाइड नोटमा उल्लेख गरेका छन् । […]

Sep 27, 2024 - 10:25
 0
बेंगलुरु हत्या प्रकरण : यस्तो थियो मुख्य अभियुक्तले लेखेको सुसाइड नोट

काठमाडौं । भारतको बेंगलुरुमा नेपाली महिला एच महालक्ष्मी दासको हत्या घटनामा नयाँ तथ्यहरु खुल्दै आएका छन् ।

प्रहरीले मुख्य अभियुक्त भनेको मुक्ति रञ्जन रायले सुसाइड नोट लेखेर आत्महत्या गरेपछि नयाँ तथ्य खुल्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दासले आफूलाई अपहरणको मुद्दामा फसाउने धम्की दिएको कारण हत्या गरेको रायले सुसाइड नोटमा उल्लेख गरेका छन् ।

आजतककाअनुसार प्रहरीले फेला पारेको मुक्ति रञ्जनको सुसाइड नोटमा उनले धेरैजसो अङ्ग्रेजी र कतिपय ठाउँमा उडिया भाषा प्रयोग गरेको उल्लेख छ ।

उनले सुसाइड नोटमा लेखेका थिए, ‘म उनलाई मन पराउँथें, माया गर्थे तर उनको व्यवहार पछिल्लो समय ठीक थिएन । उसले मलाई अपहरणको मुद्दामा फसाउने धम्की दिन्थिन् । मैले धेरै पैसा पनि खर्च गरें ।’

हत्या गरेपछि दास आमाको अगाडि गएर रुँदै अपराध गरेको बताएका थिए ।

हत्यालाई आत्महत्या देखाउने प्रयास असफल

रायले घटनापछि दासको शव झुन्ड्याएर आत्महत्या जस्तो देखाउने प्रयास गरेको खुलेको छ । हिन्दुस्तानसँगको कुराकानीमा रायका भाइले यसबारे खुलाएका हुन् ।

उक्त पत्रिकासँग उनले भने, ‘म बेरहमपुरमा बसेर पढ्छु, घटनापछि मेरा दाइले त्यहाँ आएर मलाई सबै कुरा बताएका हुन् । उनले महिलाको आफ्नै घरमा हत्या गरी शव झुण्ड्याएर आत्महत्याजस्तो देखाउने योजना बनाएका थिए ।’

उनले थपेका छन्, ‘जब उनको योजना असफल भयो, तब शवलाई टुक्रा-टुक्रा पारे र फ्रिजमा राखे ।’

दासले हेमन्त दाससँग विवाह गरेकी थिइन् । असमझदारी बढेपछि उनी ९ महिनादेखि भाडाको घरमा एक्लै बस्थिन् भने उनका पति भारतमै तर अर्कै शहरमा काम गरेर बस्थे ।

भाइ सत्यकाअनुसार महालक्ष्मी उनका दाइ मुक्तिसँग विवाह गर्न चाहन्थिन् । तर, बेंगलुरुको एउटै पसलमा काम गर्ने उनीहरूबीच पछिल्लो समय खटपट परिरहेको थियो ।

सत्यले भने, ‘दाइले बताएअनुसार महिलाले उनीसँग पैसा मागिरहेकी थिइन् । उनलाई मानसिक पीडा पनि दिइरहेकी थिइन् । हालै उनीहरू दुवै केरला गएका थिए, जहाँ उनीहरूबीच झगडा भएको थियो । त्यसपछि महिलाले प्रहरीसँग आफूलाई मुक्तिले अपहरण गरेको बताइन् । अनि प्रहरीले दाइलाई कुटपिट गर्‍यो र पछि छाडिदियो ।’

घटना सेप्टेम्बर ३ मा भएको सत्य बताउँछन् ।

सत्यले भनेका छन्, ‘सेप्टेम्बर ३ मा झगडापछि दाइले महिलाको घाँटी थिचिदिए । त्यसपछि शवलाई छतमा झुण्ड्याउने प्रयास गरे तर सकेनन् । त्यसपछि राति उनले महिलाको शव टुक्राटुक्रा पारेर फ्रिजमा राखे ।’

सेप्टेम्बर २१ मा महालक्ष्मीको शव छरिएको अवस्थामा फ्रीजमा भेटिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register