पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध, राति पनि गाडी चलाउन रोक !

काठमाडौं । पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेको छ । पहिरो पन्छाउने काम जारी छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् । अहिले सकड बन्द हुँदा जाम छ । राति […]

Sep 27, 2024 - 10:57
 0
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध, राति पनि गाडी चलाउन रोक !

काठमाडौं । पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेको छ । पहिरो पन्छाउने काम जारी छ ।

बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् । अहिले सकड बन्द हुँदा जाम छ । राति पनि पानी पर्ने हुँदा गाडी चल्न रोक लगाइएको छ ।

हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो । समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्ने जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register