झापामा पर्‍यो सबैभन्दा धेरै पानी, सतर्कता अपनाउन अनुरोध 

काठमाडौं । अहिले उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेपछि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ । सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थल क्षेत्रमा भएको […]

Sep 27, 2024 - 11:09
 0
झापामा पर्‍यो सबैभन्दा धेरै पानी, सतर्कता अपनाउन अनुरोध 
काठमाडौं । अहिले उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेपछि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ । सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थल क्षेत्रमा भएको छ । पछिल्लो २४ घण्टामा चन्द्रगढी विमानस्थलमा झन्डै २९७.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
यसैगरी गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३०, बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ । इलामको कन्काई माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी मोरङको बाहुनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ ।
वर्षा क्रमशः पश्चिमतिर पनि बढ्दै गएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register