छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी अपचलनको आरोपमा पक्राउ परेका पूर्व डीआइजी र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले शुक्रबार जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप ७ दिन म्याद दिएको हो । जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा […]

Sep 27, 2024 - 11:33
 0
छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी अपचलनको आरोपमा पक्राउ परेका पूर्व डीआइजी र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीले शुक्रबार जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप ७ दिन म्याद दिएको हो ।

जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप छ । यसकै आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरी आइतबार पोखरा लगिएको थियो ।

सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानूनी कारबाही सिफारिस गरेपछि जोशी पक्राउ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register