जेबिएनएल सेक्यूरिटिजको प्रथम साधारण सभा सम्पन्न 

काठमाडौं । धितोपत्र सम्बन्धी कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको उक्त कम्पनीको पहिलो साधारण सभा शुक्रबार सम्पन्न भएको हो । उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक […]

Sep 27, 2024 - 11:41
 0
जेबिएनएल सेक्यूरिटिजको प्रथम साधारण सभा सम्पन्न 

काठमाडौं । धितोपत्र सम्बन्धी कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको उक्त कम्पनीको पहिलो साधारण सभा शुक्रबार सम्पन्न भएको हो ।

उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखा परीक्षकको नियुक्ति/पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ ।

साथै कम्पनीको नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुने गरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्ध पत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको एक मात्र सेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि विश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनीका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register