मह जोडीको ‘मह जात्रा’, खल्तीबाट टिकट खरिद गर्न सकिने

काठमाडौँ । ‘खल्ती’ले सुश्री मिडियसँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । ‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तिक २९ गतेदेखि प्रदर्शन […]

Sep 27, 2024 - 12:13
 0
मह जोडीको ‘मह जात्रा’, खल्तीबाट टिकट खरिद गर्न सकिने

काठमाडौँ । ‘खल्ती’ले सुश्री मिडियसँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।

‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तिक २९ गतेदेखि प्रदर्शन हुनेछ । खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्नेछन् ।

दस वर्ष लामो अन्तरालपछि फेरि एक साथ मञ्चमा आउन लागेका मह जोडीको यस प्रहसनमा किरण के।सी। , राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायत कलाकारहरू रहेका छन् ।

‘नाता’, ‘सालिक’, ‘नेपाल बन्द’, ‘मह दोहोरी’ जस्ता अनेकौँ सदाबहार प्रहसन गरिसेकेको यो अद्भुत जोडीको यस ‘मह जात्रा’ प्रहसन पनि भव्य रहने खल्तीले जनाएको छ । यो अद्वितीय प्रहसनले पुरानै शैलीमा समसामयिक विषय उठाउँदै हास्यव्यङ्ग्य रसको प्रयोग गरी सामाजिक, सांस्कृतिक र राजनीतिक सचेतना फैलाउने निश्चित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register