पिटर इंग्ल्याण्डको नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा

काठमाडौँ । अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डले ललितपुरको कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार एक समारोहबीच स्टोरको उद्धघाटन गरेका हुन् । स्टोरमा सर्ट, टी-सर्ट, ट्राउजर, डेनिम, सूट, ब्लेजर लगायतका पुरुषका कपडासँगै बेल्ट, टाई, रुमाल जस्ता सामानहरू उपलब्ध छन् । नेपालमा पिटर इंग्ल्याण्डको यो तेस्रो स्टोर हो । आदित्य […]

Sep 27, 2024 - 12:21
 0
पिटर इंग्ल्याण्डको नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा

काठमाडौँ । अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डले ललितपुरको कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार एक समारोहबीच स्टोरको उद्धघाटन गरेका हुन् ।

स्टोरमा सर्ट, टी-सर्ट, ट्राउजर, डेनिम, सूट, ब्लेजर लगायतका पुरुषका कपडासँगै बेल्ट, टाई, रुमाल जस्ता सामानहरू उपलब्ध छन् । नेपालमा पिटर इंग्ल्याण्डको यो तेस्रो स्टोर हो ।

आदित्य बिरला फेसन एण्ड रिटेल लिमिटेड अन्तर्गतको पिटर इंग्ल्याण्डले विभिन्न मुलुकमा किफायती मूल्यमा उच्च गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै आएको छ ।

पिटर इंग्ल्याण्डका प्रमुख अपरेटिङ अफिसर अनिल एस कुमारले काठमाडौंमा तेस्रो स्टोरको उद्धघाटनसँगै काठमाडौंमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको बताए । ‘प्यासिफिक बिजनेस प्राइभेट लिमिटेडसँगको साझेदारीले हाम्रो विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ, र हामी हाम्रा ग्राहकहरूलाई थप सेवा गर्न पाउँदा खुसी छौं,’ उनले भने ।

प्यासिफिक बिजनेश प्राइभेट लिमिटेडका निर्देशक विपिन कुमार अग्रवालले नयाँ स्टोरको सुरुवातसँगै फेसनप्रति सचेत ग्राहकहरुलाई अझ धेरै विकल्पहरू ल्याइएको बताए । कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा आएसँगै नेपालमा पिटर इंग्ल्याण्डको उपस्थिति थप बलियो बनेको उनको भनाइ छ ।

‘नयाँ स्टोर सुरु भएसँगै, ब्रान्डले आफ्नो उपस्थितिलाई अझ बृद्धि गर्ने र देशभरका पुरुषहरूलाई प्रिमियम तथा गुणस्तरीय विकल्पहरू प्रदान गर्दै जीवनशैलीसँग जोडिने उत्पादनहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ,’ उनले भने ।

१८८९ मा आयरल्याण्डमा स्थापना भएको पिटर इंग्ल्याण्ड पुरुषका कपडाका लागि भारतको सबैभन्दा ठूलो ब्राण्ड हो । यसका भारतका ८ सय सहरमा १ हजार १ सयभन्दा बढी स्टोर छन् ।

लामो समयदेखि गुणस्तर र विश्वासनीयताका लागि परिचित पिटर इंग्ल्याण्डलाई इकोनोमिक टाइम्स ब्रान्ड इक्विटी सर्वेक्षणले लगातार ७ वर्षसम्म भारतको सबैभन्दा विश्वसनीय र उत्कृष्ट पोशाक ब्रान्डको मान्यता दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register