यात्रुको सुरक्षाको लागि जिओमेटले एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै

काठमाडौं । दशैंको चहलपहल सुरु भएसँगै लाखौँ नेपालीहरू लामो दूरीको यात्रा तय गर्दै गाउँघर र प्रियजनसँग पुनर्मिलन गर्न उत्साहित छन् । यात्राको यो भीडलाई ध्यानमा राख्दै, जिओमेटले यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने एक विशेष योजना ल्याएको छ । जिओमेटले दशैंको अवसरमा १ हजार वटा लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण जडान गर्ने योजना सार्वजनिक […]

Sep 27, 2024 - 12:33
 0
यात्रुको सुरक्षाको लागि जिओमेटले एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै

काठमाडौं । दशैंको चहलपहल सुरु भएसँगै लाखौँ नेपालीहरू लामो दूरीको यात्रा तय गर्दै गाउँघर र प्रियजनसँग पुनर्मिलन गर्न उत्साहित छन् ।

यात्राको यो भीडलाई ध्यानमा राख्दै, जिओमेटले यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने एक विशेष योजना ल्याएको छ ।

जिओमेटले दशैंको अवसरमा १ हजार वटा लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण जडान गर्ने योजना सार्वजनिक गरेको छ ।

जियोमेटका संस्थापक आतिस गैरेले भने, “विशेष गरी दशैंजस्तो चाडपर्वमा जब लाखौँ नेपालीहरू घर फर्किन्छन्, बस सञ्चालक र यात्रुको लागि यात्राको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ ।

हाम्रो यो योजना बस सञ्चालकहरूलाई यात्रुको हरेक गतिविधिलाई ट्र्याक गर्न सहयोग पुर्‍याउँछ, जसले उनीहरूको यात्रा सुरक्षित र आरामदायी बनाउँछ । ’’

जीपीएसको महत्त्वपूर्ण भूमिका

यो जीपीएस प्रणालीले बसको सटीक अवस्थिति, गति, र मार्गलाई वास्तविक समयमा ट्र्याक गर्न मद्दत गर्छ ।

बस सञ्चालकहरूलाई आफ्नो सवारीसाधन कहाँ छ भन्ने जानकारी दिनु मात्र नभई, यसले सर्भिसिङको सही समय पहिचान गर्न, इन्धनको खपतलाई अनुगमन गर्न, र आपतकालीन स्थितिमा तुरुन्तै प्रतिक्रिया दिन सहयोग पुर्‍याउँछ ।

सुरक्षाको प्रत्याभूति

यस प्रकारको प्रविधिले यात्रुको मात्र होइन, बस सञ्चालकको पनि सुरक्षा सुनिश्चित गर्छ ।

सवारी दुर्घटना वा अन्य जोखिमपूर्ण स्थितिहरूबाट जोगिन बसले कस्तो गति राखिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ, र यो जीपीएस उपकरणले त्यही कामलाई प्रभावकारी बनाउँछ ।

गैरेले थपे, “हामीले यात्रुको सुरक्षा र बस सञ्चालनको व्यवस्थापनलाई ध्यानमा राख्दै यो प्रणाली निःशुल्क जडान गर्दैछौँ । हामीले विश्वास लिएका छौं कि यसले यात्रा अनुभवलाई अझ सहज, सुरक्षित, र विश्वसनीय बनाउँछ ।’’

समयसापेक्ष र भविष्यलाई केन्द्रित

दशैंको व्यस्ततामा यात्राको सुरक्षा र बस सञ्चालनको व्यवस्थापनलाई प्राथमिकतामा राख्न जिओमेटले ल्याएको यो योजना यात्रु र बस सञ्चालकहरू दुवैको लागि उपयोगी साबित हुनेछ ।

मोबाइल वा कम्प्युटरमार्फत बसको अवस्थिति हेर्ने सुविधाले बस सञ्चालकहरूलाई यात्राको व्यवस्थापनमा ठुलो सहयोग पुर्‍याउनेछ ।

जिओमेटको यो अफरले नेपाली यात्रुहरूलाई सुरक्षित यात्रा प्रदान गर्दै चाडपर्वको रौनकलाई थप सुरक्षित र रमाइलो बनाउनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register