इन्द्रसरोवर ताल भरिने सम्भावना, सतर्क रहन स्थानीयलाई आग्रह

काठमाडौं । भारी वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर ताल भरिने अवस्था आएको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रले यस्तो जानकारी दिएको हो । ताल भरिएपछि ओभर फ्लो हुने वा ड्यामको ढोका जुनसुकै बेलापनि खोल्न सकिने अवस्था आउने भएकोले इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ वडाका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीयलाई नदी […]

Sep 27, 2024 - 12:49
 0
इन्द्रसरोवर ताल भरिने सम्भावना, सतर्क रहन स्थानीयलाई आग्रह

काठमाडौं । भारी वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर ताल भरिने अवस्था आएको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रले यस्तो जानकारी दिएको हो ।

ताल भरिएपछि ओभर फ्लो हुने वा ड्यामको ढोका जुनसुकै बेलापनि खोल्न सकिने अवस्था आउने भएकोले इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ वडाका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्थानीयलाई नदी आसपास नजान भनिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register