छविलाई थप ७ दिन हिरासतमा, प्रहरीले पायो अनुमति 

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।  गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पूर्वडिआईजीसमेत रहेका जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।  यसअघि जोशीलाई अदालतले ५ दिन हिरासतमा राख्न अदालतले अनुमति […]

Sep 27, 2024 - 13:29
 0
छविलाई थप ७ दिन हिरासतमा, प्रहरीले पायो अनुमति 

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पूर्वडिआईजीसमेत रहेका जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

यसअघि जोशीलाई अदालतले ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । छविमाथि अनुसन्धान गर्न थप १० दिन माग गरेको भए पनि अदालतले ७ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ । 

प्रहरीसँगको बयानका क्रममा जोशीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा आफ्नो कुनै पनि संलग्नता नभएको बरु आफूले उक्त सहकारी देख्दासमेत नदेखेको बयान दिएका छन् । छविलाई प्रहरीले असोज ६ गते काठमाडौँको शंखमुलबाट पक्राउ गरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register