विश्व पर्यटन दिवसको अवसरमा पत्रकार सम्मानित 

लमजुङ।  विश्व पर्यटन दिवसको अवसरमा लमजुङका ४ जना पत्रकार सम्मानित भएका छन्  । फोर के मल्टिमिडियाको आयोजना र बेसीशहर नगरपालिकाको सहयोगमा शुक्रवार बेसीशहरमा आयोजित ४५ औं विश्व पर्यटन दिवसको अवसरमा सम्मान गरिएको हो ।  पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, रेडियो मर्स्याङ्दिका स्टेशन म्यानेजर सन्देश पौडेल,  […]

Sep 27, 2024 - 14:44
 0
विश्व पर्यटन दिवसको अवसरमा पत्रकार सम्मानित 

लमजुङ। 

विश्व पर्यटन दिवसको अवसरमा लमजुङका ४ जना पत्रकार सम्मानित भएका छन्  । फोर के मल्टिमिडियाको आयोजना र बेसीशहर नगरपालिकाको सहयोगमा शुक्रवार बेसीशहरमा आयोजित ४५ औं विश्व पर्यटन दिवसको अवसरमा सम्मान गरिएको हो । 

पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, रेडियो मर्स्याङ्दिका स्टेशन म्यानेजर सन्देश पौडेल,  लमजुङ दर्पण राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत संवाददाता सुनिता भुजेल र राससका लमजुङ संवाददाता जनक  श्रेष्ठलाई सम्मान गरिएको हो । 

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेसीशरह नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल र होटल एसोसिएसन नेपाल लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले दोसल्ला र सम्मानपत्रले  सम्मान गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register