‘उपत्यकाका नदीहरुमा पानीको सतह बढ्यो, रात्रिकालीन यात्रा नगर्नू’

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरुमा पानीको सतह बढेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको  छ । कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको विभागले जनाएको छ ।  अझै पानी पर्ने भएकाले […]

Sep 27, 2024 - 15:49
 0
‘उपत्यकाका नदीहरुमा पानीको सतह बढ्यो, रात्रिकालीन यात्रा नगर्नू’

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरुमा पानीको सतह बढेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको  छ ।

कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको विभागले जनाएको छ ।  अझै पानी पर्ने भएकाले नदीको सतह अझ बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

नदी किनारका कोरिडोरहरुमा जोखिम बढेपछि प्रहरीले रात्रिकालीन यात्रा नगर्न आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register