पहिरोमा पुरिएर २ जना  बेपत्ता

धादिङ । अविरल वर्षापछि खसेको पहिरोले पुरिएर शुक्रवार  २ जना चेपाङ बेपत्ता भएका छन् भने एक बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छिन् । नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले […]

Sep 27, 2024 - 16:03
 0
पहिरोमा पुरिएर २ जना  बेपत्ता

धादिङ ।

अविरल वर्षापछि खसेको पहिरोले पुरिएर शुक्रवार  २ जना चेपाङ बेपत्ता भएका छन् भने एक बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छिन् ।

नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा बस्दा पहिरो लडेर पुरिएका हुन् । पहिरोले पुरिएपछि बेपत्ता २ जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले  बगाएपछि एक बालिका बेपत्ता भएकी छिन् । त्यस्तै एउटा  मोटरसाइकल पनि  खोलाले बगाएको  योगेन्द्र बस्नेतले जानकारी दिए । हराइरहेका बालिकाको पहिचान खुलेको छैन । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register