लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

काठमाडौँ । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउँदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो । दूतावासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन […]

Sep 27, 2024 - 16:27
 0
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

काठमाडौँ ।

सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।

इजिप्टको कायरोस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउँदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

दूतावासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन नम्बर र इमेल ठेगाना समेत सार्वजनिक गरेको छ ।

सम्पर्क ठेगाना निम्न बमोजिम छ :

कायरो

इमेलः eoncairo@mofa.gov.np
सम्पर्क व्यक्तिः
दीपक घिमिरे, द्वीतिय सचिव
फोन नं. +201097772348 (WhatsApp)

माधवराज काफ्ले, तृतीय सचिव
फोन नं. +201002505997 (WhatsApp)

बेरुत

इमेलः consul@consulateofnepal.com
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत
फोन नं. +9613301181/+96171688821/+96181883713

साथै लेबनानमा रहेका नेपाली नागरिकहरुले दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराउन सकिने छ ।
इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा हवाई आक्रमण शुरु गरेपछि लेबनानको अवस्था नाजुक बनेको छ । अहिलेसम्म नेपाली नागरिकको अवस्था सुरक्षित रहेको बताइएको छ ।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register