भारतीय अनुदान सहायतामा बन्ने विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको कूल अनुमानित लागत  ४७ करोड ४ लाख अनुदान सहायता अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई […]

Sep 27, 2024 - 16:53
 0
भारतीय अनुदान सहायतामा बन्ने विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको कूल अनुमानित लागत  ४७ करोड ४ लाख अनुदान सहायता अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन भारतीय राजदूतावास, काठमाडौं, नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर  भएको हो ।

परियोजना अन्तर्गत  ओखलढुङ्गाको सिद्दिचरण नगरपालिकास्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन,  ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित श्री स्वर्णन्तरल आधारभूत विद्यालयको भवन, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन,  दैलेखको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन, सप्तरीको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको भवनको निर्माण रहेका छन् ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको भवन, चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालय भवन,सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजनाको निर्माण, सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन केन्द्रको भवन , धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसुति केन्द्रको निर्माण र  दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको निर्माण रहेका छन् ।

यी परियोजनाहरु नेपाल सरकारका स्थानीय निकायहरु ( महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका) मार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । परियोजनाहरुको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरु उपलब्ध गराउन मद्दत गर्ने बताइएको छ  ।

सन् २००३ यता भारतले नेपालमा शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनाहरुसहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ र भुँइतहमा नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिङ्ग, खानेपानी, विद्युतीकरण, सिंचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता क्षेत्रमा ४९० वटा परियोजनाहरु सम्पन्न गरिसकेको दूतावासले विज्ञप्तिमा  जनाएको छ ।  बाँकी अन्य परियोजनाहरु विभिन्न चरणमा संचालित रहेको बताइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको पनि दूतावासले जनाएको छ ।  उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तार गर्दै नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ  ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register