खोलाले बगाउँदा बालिकासहित दुई जना बेपत्ता

झापा, ११ असोज । झापाका दुई भिन्न स्थानमा खोलाले बगाउँदा बालिकासहित दुई जना बेपत्ता भएका छन् । आज दिउँसो कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेको सोही स्थानका पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको हो । प्रहरी चौकी घेराबारीको प्रहरी र सप्रबल नेपालको टोलीले उनको खोजी कार्य तीव्र [...] The post खोलाले बगाउँदा बालिकासहित दुई जना बेपत्ता appeared first on Jhapa Online.

Sep 27, 2024 - 16:58
 0
खोलाले बगाउँदा बालिकासहित दुई जना बेपत्ता

झापा, ११ असोज । झापाका दुई भिन्न स्थानमा खोलाले बगाउँदा बालिकासहित दुई जना बेपत्ता भएका छन् ।

आज दिउँसो कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेको सोही स्थानका पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको हो । प्रहरी चौकी घेराबारीको प्रहरी र सप्रबल नेपालको टोलीले उनको खोजी कार्य तीव्र बनाएको छ ।

यसैबीच, आज झापा कमल गाउँपालिका–१ का ३५ वर्षीय टिकाराम चौधरीलाई स्थानीय किश्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका छन् । स्थानीयबासीले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी टोली खटिएको छ । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post खोलाले बगाउँदा बालिकासहित दुई जना बेपत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register