बुद्धशान्ति–१ झापा मिडिया कपको मुख्य प्रायोजक

बुधबारे, ११ असोज । बुद्धशान्ति प्रेस क्लब झापाले आयोजना गर्ने झापा मिडिया कप २०८१ को मुख्य प्रायोजक बुद्धशान्ति गाउँपालिका वडा नं -१ रहने भएको छ । शुक्रबार वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले र बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले हस्ताक्षर गर्दै सम्झौता गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै वडा अध्यक्ष वाग्लेले [...] The post बुद्धशान्ति–१ झापा मिडिया कपको मुख्य प्रायोजक appeared first on Jhapa Online.

Sep 27, 2024 - 17:14
 0
बुद्धशान्ति–१ झापा मिडिया कपको मुख्य प्रायोजक

बुधबारे, ११ असोज । बुद्धशान्ति प्रेस क्लब झापाले आयोजना गर्ने झापा मिडिया कप २०८१ को मुख्य प्रायोजक बुद्धशान्ति गाउँपालिका वडा नं -१ रहने भएको छ ।

शुक्रबार वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले र बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले हस्ताक्षर गर्दै सम्झौता गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै वडा अध्यक्ष वाग्लेले झापाली सञ्चारकर्मीहरु एउटै मैदानमा खेलका लागि उतार्न पाउँदा खुसी भएको बताए । उनले खेल सफलताको शुभकामना व्यक्त गर्दै सञ्चारकर्मी सञ्चार कर्ममा मात्रै रहीरहँदा तनाब, थकान भइरहेको अवस्थामा दुई दिनको छोटो खेलले केही भएपनि मनोरञ्जन प्रदान गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात प्रेस क्लबका अध्यक्ष तिम्सिनाले मुख्य प्रायोजलाई धन्यवाद प्रकट गर्दै खेललाई सबै क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गरेका छन् । कार्यक्रममा प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालको समेत उपस्थिति रहको थियो । वडा नं १ मा वडा सदस्य तुलसा खतिवडा रेग्मी, लक्ष्मी प्रसाद कंडेल, मोहन कुमार राई, सुमित्रा रसाइली वडा सचिव लोकमाया बानिँया रहेका छन् ।

आगामी असोज १७ र १८ गते हुने प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने छन् । प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचिनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको छ । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुनेछ ।

The post बुद्धशान्ति–१ झापा मिडिया कपको मुख्य प्रायोजक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register