शिक्षाको शेयर पूँजी तीन करोड ५५ लाख

अर्जुनधारा, ११ असोज । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाको सन्दर्भमा विभिन्न सेवाकेन्द्रमा इकाइगत साधारण सभा शुरु भएको छ । गत असोज ९ गते धुलाबारी सेवाकेन्द्रबाट शुरु भएको इकाइगत साधारण सभा अन्र्तगत शुक्रबार शनिश्चरे सेवाकेन्द्रमा सभा सम्पन्न भएको छ । अर्जुनधारा–७स्थित सामुहिक उद्धार तथा उपकार संघको सभाहलमा संस्था सञ्चालक [...] The post शिक्षाको शेयर पूँजी तीन करोड ५५ लाख appeared first on Jhapa Online.

Sep 27, 2024 - 17:42
 0
शिक्षाको शेयर पूँजी तीन करोड ५५ लाख

अर्जुनधारा, ११ असोज । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाको सन्दर्भमा विभिन्न सेवाकेन्द्रमा इकाइगत साधारण सभा शुरु भएको छ ।

गत असोज ९ गते धुलाबारी सेवाकेन्द्रबाट शुरु भएको इकाइगत साधारण सभा अन्र्तगत शुक्रबार शनिश्चरे सेवाकेन्द्रमा सभा सम्पन्न भएको छ । अर्जुनधारा–७स्थित सामुहिक उद्धार तथा उपकार संघको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित उक्त सभाको सल्लाहकार समितिकी संयोजक सावित्राकुमारी लिम्बूले उद्घाटन गरेकी थिइन् ।

सभामा अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी तीन करोड ५५ लाख १० हजार तीन सय रुपैयाँ, कोष हिसाबमा दुई करोड २० लाख एक हजार ६९ रुपैयाँ ४७ पैसा, संस्थाको शेयर लगानी ३४ लाख १९ हजार दुई सय रुपैयाँ, ऋण लगानी १८ करोड २० लाख पाँच हजार नौ सय ८३ रुपैयाँ ५९ पैसा, बचत संकलन १८ करोड ५१ लाख ४१ हजार चार सय रुपैयाँ २२ पैसा र संस्थागत ऋण ६३ लाख २५ हजार नौ सय ३२ रुपैयाँ ३७ पैसा उल्लेख गरिएको छ ।

त्यसैगरी गत आर्थिक वर्ष ०८०–०८१मा तीन करोड ९८ लाख ३० हजार तीन सय ८२ रुपैयाँ ३२ पैसा जम्मा आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्ष ०८१र०८२मा चार करोड ९६ लाख ४६ हजार सात सय ७६ रुपैयाँ जम्मा आम्दानी गर्ने लक्ष्य लिएको छ । संस्थाको गत आर्थिक वर्षको नाफा १५ लाख ५७ हजार छ सय ६६ रुपैयाँ २१ पैसा रहेको छ ।

सोही सभामा शनिश्चरे सेवाकेन्द्रको उत्कृष्ट बचतकर्ता अन्र्तगत नियमित बचततर्फ सुनिता अधिकारी, शिक्षा बचततर्फ कुशल तिवारी र असल ऋणी उमा कार्कीलाई सम्मान पत्रसहित नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । समितिकी सदस्य चीजा राईले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

त्यस्तै सभाले यही असोज १६ गते झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा हुने साधारण सभाको अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रमका लागि १३ जना प्रतिनिधि छनौट गरेको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले जानकारी दिए ।

The post शिक्षाको शेयर पूँजी तीन करोड ५५ लाख appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register