सुनकोशी साकोसको १७ औं बार्षिक साधारणसभा सम्पन्न

झापा, ११ असोज । सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले मंगलबार (आज) बाह्रदशी–५ स्थित फुलबारीको कभर्ड हलमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तदेबी शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत [...] The post सुनकोशी साकोसको १७ औं बार्षिक साधारणसभा सम्पन्न appeared first on Jhapa Online.

Sep 27, 2024 - 17:46
 0
सुनकोशी साकोसको १७ औं बार्षिक साधारणसभा सम्पन्न

झापा, ११ असोज । सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले मंगलबार (आज) बाह्रदशी–५ स्थित फुलबारीको कभर्ड हलमा साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तदेबी शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु प्याकुरेल बरालले गरेको कार्यक्रमको सञ्चालन सचिव कमल पराजुलीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिशिष्ठ अतिथि बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, बाह्रदशी–५ का वडाध्यक्ष वीरबहादुरसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगर सहकारी अधिकृत तथा सहकारी अभियन्ता डिल्ली दाहालले बिर्तामोड नगरमा १३७ वटा सहकारी भएको बताउँदै कारोवारको हिसावले श्री सुनकोशी साकोस बिर्तामोड नगरको ८ औं स्थानमा रहेको बताएका छन् ।

उनले २ बर्षको कोभिड र एक बर्ष यताको आर्थिक मन्दीका कारण केही सहकारीमा समस्या रहेको बताउँदै सुनकोशी साकोस कारोबारको हिसाबमा अब्बल नै रहेको बताएका हुन् । कसैको भड्काउमा लागेर ऋण तिर्नु पर्दैन भन्नेका पछि नलाग्न सदस्यहरुलाई आग्रह गर्दै अभियन्ता दाहालले भने ‘लिएको ऋण कसैको मिनाहा हुँदैन ।’ ऋण मिनाहाको पछि लाग्नु भन्दा ब्याजदर घटाउन आग्रह गर्नु उचित हुने उनको सुझाव थियो ।

कार्यक्रममा श्री रामजानकी साकोसका अध्यक्ष भीमप्रसाद राजवंशी, जुनतारा सहकारीका दुर्गा ढकाललगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमका बिच संस्थाले उत्कृष्ट ऋणिका रुपमा गंगाप्रसाद राजवंशी र राजकुमार कडरिया, उत्कृष्ट बचतकर्ता शान्ता थापा र बिनाकुमारी ओझा र बालबचततर्फ बिनिशा बम्जन तामाङ र हिमेश राजवंशीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

आर्थिक बर्ष २०७९÷०८० सम्ममा २ हजार २३६ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी २ करोड ६ लाख ८१ हजार ५०० रुपैयाँ रहेको अध्यक्ष ओडारीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्षको प्रतिवेदन अनुसार जगेडा तथा अन्य कोष १ करोड ४० लाख ६८ हजार १६६ रुपैयाँ ५३ पैसा, निक्षेप दायित्व १० करोड ८६ लाख १५ हजार ८३ रुपैयाँ ९६ पैसा, अन्य दायित्वहरु २२ लाख ११ हजार ५६६ रुपैयाँ ४८ पैसा छ ।

यस आवमा १० करोड ८४ लाख ८३ हजार ७८३ रुपैयाँ ६९ पैसा कर्जा लगानी गरेको संस्थाले २ करोड १७ लाख ९५ हजार १०० रुपैयाँ ८३ पैसा कुल आम्दानी गरेर २ करोड ६ लाख ४३ हजार १९५ रुपैयाँ १५ पैसा खर्च गरेको अध्यक्षको प्रतिवेदनमा छ ।

The post सुनकोशी साकोसको १७ औं बार्षिक साधारणसभा सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register