पहिरोमा पुरिएर धादिङमा २ जना वेपत्ता

काठमाडौ‌ं  । पहिरोमा पुरिएर धादिङको गजुरी गाउँपालिका २ मा दुई जना वेपत्ता भएका छन् । उनीहरु माछा मार्न खोलामा गएको अवस्थामा पहिरोले पुरिएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्थानीय तापी खोलामा माछा मार्न गएका बखत वर्षा हुँदा ओडारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएको बताइएको छ । पहिरोमा पुरिनेमा  बेनिघाट रोराङ गाउँपालिका- […]

Sep 27, 2024 - 17:57
 0
पहिरोमा पुरिएर धादिङमा २ जना वेपत्ता

काठमाडौ‌ं  । पहिरोमा पुरिएर धादिङको गजुरी गाउँपालिका २ मा दुई जना वेपत्ता भएका छन् ।

उनीहरु माछा मार्न खोलामा गएको अवस्थामा पहिरोले पुरिएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

स्थानीय तापी खोलामा माछा मार्न गएका बखत वर्षा हुँदा ओडारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएको बताइएको छ ।

पहिरोमा पुरिनेमा  बेनिघाट रोराङ गाउँपालिका- ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्त चेपाङ रहेको प्रहरीले बताएको छ ।

पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खोजी तथा उद्धारमा खटिएपनि फेला पार्न नसकेको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register