गुरुङ समुदायको कथामाथि बन्ने फिल्म ‘जुन-किरी’को शुभमुहूर्त

काठमाडौं । गुरुङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म ‘जुन-किरी’को शुक्रबार शुभमूहुर्त गरिएको छ । निर्देशक दीप गुरुङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको शुभमुहूर्त गरेका हुन्। दीप फिल्म्स् प्रोडक्सनले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा जानेछ । फिल्ममा कलाकार सुरज तमु र लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन् । सुरजले ‘ऊनको स्वीटर’, […]

Sep 27, 2024 - 17:57
 0
गुरुङ समुदायको कथामाथि बन्ने फिल्म ‘जुन-किरी’को शुभमुहूर्त

काठमाडौं । गुरुङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म ‘जुन-किरी’को शुक्रबार शुभमूहुर्त गरिएको छ ।

निर्देशक दीप गुरुङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको शुभमुहूर्त गरेका हुन्। दीप फिल्म्स् प्रोडक्सनले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा जानेछ ।

फिल्ममा कलाकार सुरज तमु र लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन् । सुरजले ‘ऊनको स्वीटर’, ‘गोरखा वारियर’ ‘एन्जिला’, ‘सारंगा’, ‘नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।

एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले ‘स्कुल’, ‘चालिसे भीर’ लगायतका नाटक निर्देशन गरिसकेका छन् । उनले ‘ दयामाया आफूमात्र लिखापानी आइपुगी’, ‘हरियो ढुंगा’, ‘मिमांशा’, ‘योगमाया’, ‘कोरा’, ‘अर्को अर्थ नलागेमा’, ‘ब्यूंझिएको सिरानी’, ‘चोरको स्वर’ लगायत करिब २ दर्जन नाटकमा अभिनय गरिसकेका छन् ।

लक्ष्मीको यो दोस्रो फिल्म हो‌। यसअघि ‘नैना’ फिल्ममा उनले मुख्य भूमिकामा काम गरेकी थिइन्‌ । ‘माइली’, ‘युके लन्डन’ लगायत दर्जनौं म्युजिक भिडिओमा उनले काम गरिसकेकी छन् ।

फिल्म सुरज र लक्ष्मीसंगै यो समयका व्यस्त कलाकार माओत्से गुरुङ, अनिल सुब्बा, कविता आलेको पनि महत्वपूर्ण भूमिका छ ।

त्यसैगरी फिल्ममा प्रतीना राई, प्रविन मगर,सुस्मिता गुरुङ, माया गुरुङ, समर्पण श्री र सौजन सेन्ह्याङ लगायका कलाकारको अभिनय रहनेछ ।
निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो । उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए‌। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् ।

फिल्ममा काठमाडौंमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित छ । गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाँटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ ।

‘एउटा अन्धकार रातमा जुनकिरीले उज्यालोसङ्ग संघर्ष गरेझैं अहिलेको समयमा घाटुले पनि यस्तै संघर्ष गरिरहेको छ । त्यसकारण पनि हामीलाई यो कथा भन्न आवश्यक लाग्यो,’ कलाकार तमु भन्छन् । गुरुङ भाषामा घाँटु भनेको घाउ सिलाउनु हो ।

फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा रहेको छ । फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका रुपमा छन् । फिल्मलाई सिनेमाटोग्राफर योगेश दाहालले खिच्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register