दशैंका लागि सुकिला नोट सटही (तस्वीरहरू)

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटकको दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि सफा तथा सुकिला बैंक नोट सटही सुविधा सुरु भएको छ । राष्ट्र बैंकले बडादशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको छ । “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, […]

Sep 29, 2024 - 06:33
 0
दशैंका लागि सुकिला नोट सटही (तस्वीरहरू)

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटकको दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि सफा तथा सुकिला बैंक नोट सटही सुविधा सुरु भएको छ ।

राष्ट्र बैंकले बडादशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको छ ।

“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने  राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएर समेत सफा तथा सुकिलो नोट साट्न सक्नेछन् । तर, नयाँ नोट वितरण गर्दा जस्तो भिड छैन । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register