बाढी पहिरोले तरकारीको भाउ दोब्बर बढ्यो, कुखुराको मासु र हरियो खुर्सानीको भाउ उही !

काठमाडौँ । बाढी पहिरोले नेपाली भान्सामा प्रभाव पारेको छ । देशभर भारी वर्षा र बाढी पहिरो आउँदा नेपाली भान्सा दोब्बरले महँगिएको हो ।  बाढी र पहिरोले वितण्डा मच्चाउँदा सडक अवरुद्ध हुँदा बजारमा हरियो तरकारी तथा फलफूल आउन सकेको छैन ।  जसका कारण स्टकमा भएको तरकारी पनि महँगिएको उपभोक्ताले गुनासो गरेका छन् । अहिले नेपाली बजारमा हरियो खुर्सानी […]

Sep 29, 2024 - 06:49
 0
बाढी पहिरोले तरकारीको भाउ दोब्बर बढ्यो, कुखुराको मासु र हरियो खुर्सानीको भाउ उही !

काठमाडौँ । बाढी पहिरोले नेपाली भान्सामा प्रभाव पारेको छ । देशभर भारी वर्षा र बाढी पहिरो आउँदा नेपाली भान्सा दोब्बरले महँगिएको हो । 

बाढी र पहिरोले वितण्डा मच्चाउँदा सडक अवरुद्ध हुँदा बजारमा हरियो तरकारी तथा फलफूल आउन सकेको छैन ।  जसका कारण स्टकमा भएको तरकारी पनि महँगिएको उपभोक्ताले गुनासो गरेका छन् ।

अहिले नेपाली बजारमा हरियो खुर्सानी र बोइलर कुखुराको मासुको भाउ लगभग उस्तै भएको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले दैनिक सार्वजनिक गर्ने मूल्य सुचीमा हरियो खुर्सानीको भाउ प्रतिकेजी २०० भएतापनि बजारमा हरियो खोर्सानी प्रतिकेजी ४०० रुपैयाँमा किनबेच भइरहेको छ । 

यता, बोइलर कुखुराको मासु ४५० देखि ४८० सम्म रहेको छ ।   

तरकारी आउने सडक मात्रै नभई बल्खु लगायतका तरकारी बजार पनि डुबानमा परेका छन् । वर्षा कम भएसँगै केही तरकारीहरू सस्तो हुँदा राहत महसुस गरेका उपभोक्ताहरू वर्षाको कारण पुनः मारमा परेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register