झ्याप्लेखोला पहिरो : बिहानदेखि १५ शव निकालियो

काठमाडौं । नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट थप १५ शव निकालिएको छ । गोरखाबाट काठमाडौं आउँदै गरेको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ । उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ । आइतबार बिहानदेखि अहिलेसम्म १५ शव फेला परेको धादिङ प्रहरीले जनाएको छ । उक्त पहिरो हिजोदेखि […]

Sep 29, 2024 - 07:29
 0
झ्याप्लेखोला पहिरो : बिहानदेखि १५ शव निकालियो

काठमाडौं । नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट थप १५ शव निकालिएको छ ।

गोरखाबाट काठमाडौं आउँदै गरेको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।

उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ । आइतबार बिहानदेखि अहिलेसम्म १५ शव फेला परेको धादिङ प्रहरीले जनाएको छ ।

उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।

यसअघि शनिबार उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो । उक्त शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register