देशभर क्षति हुँदा दशैँ मनाउँदै यति !, बाटो बिग्रेको मौका छोपेर हवाई भाडा दोब्बर बढाइयो !

काठमाडौँ । दशैँको मुखमा देशभर बाढी पहिरोले वितण्डा मच्चाउँदा हवाई भाडा दोब्बरले महँगिएको छ । सडक अवरुद्ध भएको मौका छोपेर हवाई भाडा दोब्बरले बढाएको पाइएको हो । अधिकांश एयरलाइन्सले हवाई भाडा बढाएको गुनासो बढ्न थालेको छ । सबै एयरलाइन्सले केही मात्रामा भाडा बढाएपनि यति एयरलाइन्सले भने भाडा दोब्बरले बढाएको छ । देशको मुख्य राजमार्ग नै अवरुद्ध […]

Sep 29, 2024 - 07:45
 0
देशभर क्षति हुँदा दशैँ मनाउँदै यति !, बाटो बिग्रेको मौका छोपेर हवाई भाडा दोब्बर बढाइयो !

काठमाडौँ । दशैँको मुखमा देशभर बाढी पहिरोले वितण्डा मच्चाउँदा हवाई भाडा दोब्बरले महँगिएको छ । सडक अवरुद्ध भएको मौका छोपेर हवाई भाडा दोब्बरले बढाएको पाइएको हो ।

अधिकांश एयरलाइन्सले हवाई भाडा बढाएको गुनासो बढ्न थालेको छ । सबै एयरलाइन्सले केही मात्रामा भाडा बढाएपनि यति एयरलाइन्सले भने भाडा दोब्बरले बढाएको छ ।

देशको मुख्य राजमार्ग नै अवरुद्ध हुँदा हवाई उडानमा चाप देखिएको छ । काठमाडौँ जोड्ने सबै सडक ठप्प हुँदा दशैँमा गाउँ घर जाने यात्रुले हवाई यात्रालाई प्राथामिकतामा राखेका छन् ।  

पछिल्लो तिन दिनयता नियमित वर्षा हुँदा उडान नियमित समेत हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । जसका कारण यात्रुले टिकट पाउनै पनि मुस्किल भएको छ । टिकट पाइहाले पनि दोब्बर शुल्क तिर्नु परेको यात्रुहरूले गुनासो गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register