सुकिला नोट साट्न सुरु (तस्वीरहरू)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारबाट दशैँका लागि सुकिला नोट साट्न सुरु गरेको छ । दशैँमा माग हुने साना दरका नोट सटहीको लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट नोट सटही गर्न सकिने छ । साथै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा […]

Sep 29, 2024 - 07:53
 0
सुकिला नोट साट्न सुरु (तस्वीरहरू)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारबाट दशैँका लागि सुकिला नोट साट्न सुरु गरेको छ ।

दशैँमा माग हुने साना दरका नोट सटहीको लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट नोट सटही गर्न सकिने छ ।

साथै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । उक्त स्थानबाट असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट साट्न सकिने छ ।

सुकिला नोट साट्न सुरु गरेसँगै राष्ट्र बैंकमा नोट साट्नेको भीड बढेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register