प्रधानमन्त्रीको आग्रह – भाडा नबढाई पहिलेकै दरमा हवाई सेवा दिनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको बेलामा हवाई भाडा नबढाउन एअरलाइन्स कम्पनीहरूसँग आग्रह गरेका छन् । उनले सहुलियत मूल्यमा हवाई सेवा दिन पनि आग्रह गरेका छन् । अमेरिकामा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि […]

Sep 29, 2024 - 08:09
 0
प्रधानमन्त्रीको आग्रह – भाडा नबढाई पहिलेकै दरमा हवाई सेवा दिनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको बेलामा हवाई भाडा नबढाउन एअरलाइन्स कम्पनीहरूसँग आग्रह गरेका छन् ।

उनले सहुलियत मूल्यमा हवाई सेवा दिन पनि आग्रह गरेका छन् ।

अमेरिकामा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरू बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।’

सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको उल्लेख गर्दै प्राकृतिक विपत्ति सबै मिलेर सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register