इडब्ल्यूभीएल : चितवनमा अनुबन्ध भएका विदेशी खेलाडी नेपालमा

काठमाडौं । चितवन शक्तिबाट एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्यूभीएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आइपुगेका छन् । चितवनमा अनुबन्ध भएका २ भारतीय खेलाडी केपी अनुश्री र सुर्य सरसुरी तथा रुसी खेलाडी अन्ना डिमित्रीभा नेपाल आइपुगेका हुन् । तीनै जना खेलाडीले टिममा आएर प्रशिक्षण सुरु गरिसकेको चितवन शक्तिले जानकारी गराएको छ । चितवन शक्तिका लागि केपी […]

Sep 29, 2024 - 08:21
 0
इडब्ल्यूभीएल : चितवनमा अनुबन्ध भएका विदेशी खेलाडी नेपालमा

काठमाडौं । चितवन शक्तिबाट एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्यूभीएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आइपुगेका छन् । चितवनमा अनुबन्ध भएका २ भारतीय खेलाडी केपी अनुश्री र सुर्य सरसुरी तथा रुसी खेलाडी अन्ना डिमित्रीभा नेपाल आइपुगेका हुन् ।

तीनै जना खेलाडीले टिममा आएर प्रशिक्षण सुरु गरिसकेको चितवन शक्तिले जानकारी गराएको छ । चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सुर्याले मिडल ब्लकरको पोजिसनमा खेल्नेछिन् ।

असोज १४ देखि १९ गतेसम्म हुने वात्सल्य वुमन्स भलिबल लिग सञ्चालन हुनेछ । चितवन शक्तिले प्रतियोगिताको लागि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको र प्रतियोगिताको लागि तयार रहेको चितवन शक्तिले जनाएको छ ।

सोमबार साँझ ७ः४५ बजे चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्डर्ससँग दशरथ रंगशालामा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register