फ्रेन्चाइज ग्लोबलले लियो बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट

काठमाडौँ । नेपाली सेकुवा ब्राण्ड बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट फ्रेन्चाइज ग्लोबलले लिएको छ । फ्रेन्चाइज राइट लिने विषयमा शुक्रबार दुवै पक्षबीच हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बाजेको सेकुवाका तर्फबाट डाइरेक्टर चेतन भण्डारी र फ्रेन्चाइज ग्लोबलको तर्फबाट सिइओ डा. शम्भु पोखरेलले हस्ताक्षर गरेका हुन् । अब बाजेको सेकुवाको अन्तराष्ट्रिय आउटलेट फ्रेन्चाइज ग्लोबलले गर्ने भएको छ […]

Sep 29, 2024 - 08:37
 0
फ्रेन्चाइज ग्लोबलले लियो बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट

काठमाडौँ । नेपाली सेकुवा ब्राण्ड बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट फ्रेन्चाइज ग्लोबलले लिएको छ । फ्रेन्चाइज राइट लिने विषयमा शुक्रबार दुवै पक्षबीच हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बाजेको सेकुवाका तर्फबाट डाइरेक्टर चेतन भण्डारी र फ्रेन्चाइज ग्लोबलको तर्फबाट सिइओ डा. शम्भु पोखरेलले हस्ताक्षर गरेका हुन् ।

अब बाजेको सेकुवाको अन्तराष्ट्रिय आउटलेट फ्रेन्चाइज ग्लोबलले गर्ने भएको छ । पहिलो २ वर्षमा विभिन्न देशका प्रमुख शहरहरूमा २०० ओटा अन्तराष्ट्रिय आउटलेट खोल्ने फ्रेन्चाइज ग्लोबलको योजना रहेको छ ।

फ्रेन्चाइज ग्लोबलले विभिन्न व्यावसायिक कम्पनीबीच समन्वय गर्ने व्यावसायिक विस्तारका लागि पहल गर्ने स्वामित्व प्रत्यायोजन गर्ने लगायतका कामहरू गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register