बाढी पीडितलाई भन्दै सिटिजन्स बैंकले दियो २५ लाख, असली पीडितकहाँ तत्काल नपुग्ने !

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाढी पीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बाढी पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको हो ।     निरन्तरको वर्षा, बाढी र पहिरोको कारण भएको जनधनको क्षतिको उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत उक्त रकम सहयोग गर्ने निर्णय […]

Sep 29, 2024 - 09:09
 0
बाढी पीडितलाई भन्दै सिटिजन्स बैंकले दियो २५ लाख, असली पीडितकहाँ तत्काल नपुग्ने !

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाढी पीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बाढी पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको हो ।    

निरन्तरको वर्षा, बाढी र पहिरोको कारण भएको जनधनको क्षतिको उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैंकले बाढी पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेपनि पीडितले उक्त रकम कहिले पाउने हुन् भन्ने कुरा अन्योलमै छ । 

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभर थुप्रै जनधनको क्षति भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले प्रतिकूल मौसमी परिस्थितिमा बैंकले सहयोग गरेको र विभिन्न जिल्लामा पनि राहतका लागि समन्वय गरिरहेको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register