झ्याप्लेखोला पहिरो अपडेट : ३५ जनाको मृत्यु

काठमाडौं । नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा परी अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । गोरखा, चितवन, बुटवलबाट काठमाडौं आउँदै गरेका बस र माइक्रो बस पहिरोले पुर्दा ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति १४ र आइतबार बिहान २१ जनाको शव निकालिएको छ । घटनास्थलमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी […]

Sep 29, 2024 - 09:17
 0
झ्याप्लेखोला पहिरो अपडेट : ३५ जनाको मृत्यु

काठमाडौं । नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा परी अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।

गोरखा, चितवन, बुटवलबाट काठमाडौं आउँदै गरेका बस र माइक्रो बस पहिरोले पुर्दा ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति १४ र आइतबार बिहान २१ जनाको शव निकालिएको छ ।

घटनास्थलमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जाममा रहेको बेलामा माथिबाट एक्कासी पहिरो खस्दा कति गाडी पुरिएका छन् भन्ने भने यकिन भइसकेको छैन ।

पहिरोमा अझै केही व्यक्ति पुरिएको हुनसक्ने प्रहरीको आशंका छ । अहिले सुरक्षाकर्मीको टोलीले खोजी गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register