नख्खु बाढीमा दुई जनाको ज्यान बचाउने चणिकलाललाई सुदनको सम्मान

काठमाडौं । शनिबार नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान बचाउने चणिकलाल तामाङ सम्मानित भएका छन् । तामाङलाई पूर्वपर्यटनमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता सदन किरातीले डम्फु दिएर सम्मानित गरेका हुन् । सम्मानित गरेपछि किरातीले तामाङलाई ‘सामाजिक नायक’ संज्ञा दिँदै भने, “उहाँभित्रको मानवीयताको उच्च सम्मान र बहादुरिताको कदर गर्दै सम्मान गरिएको हो ।” […]

Sep 29, 2024 - 09:17
 0
नख्खु बाढीमा दुई जनाको ज्यान बचाउने चणिकलाललाई सुदनको सम्मान

काठमाडौं । शनिबार नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान बचाउने चणिकलाल तामाङ सम्मानित भएका छन् ।

तामाङलाई पूर्वपर्यटनमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता सदन किरातीले डम्फु दिएर सम्मानित गरेका हुन् ।

सम्मानित गरेपछि किरातीले तामाङलाई ‘सामाजिक नायक’ संज्ञा दिँदै भने, “उहाँभित्रको मानवीयताको उच्च सम्मान र बहादुरिताको कदर गर्दै सम्मान गरिएको हो ।”

किरातीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सरकारलाई उद्धार ,राहत र पुनर्स्थापनाको काममा तीव्रता दिन पनि आग्रह गरेका छन् ।

गत शुक्रबारदेखि दुई दिनसम्म लगातार भएको वर्षाका कारण नख्खु खोलामा आएको बाढीमा बगेकामध्ये दुईजनाको उद्धार तामाङले गरेका थिए । जबकि उनीहरूको उद्धार गर्न प्रहरीले सकेको थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register