काठमाडौंबाट भारत जान भन्दा धनगढी जाने हवाईभाडा महँगो, विपत्तिमा एयरलाइन्स कम्पनीको मनलाग्दी !

काठमाडौँ । दशैँको मुखमा काठमाडौँबाट भारतको राजधानी दिल्ली जानभन्दा नेपालकै धनगढी जाने हवाई भाडा महँगो भएको पाइएको छ । आइतबार विभिन्न एयरलाइन्सको भाडा दर हेर्दा काठमाडौँबाट भारत जानभन्दा धनगढी जाने हवाई भाडा महँगो भएको पाइएको हो । दिल्ली जान ११ हजार दुई सय ८२ रुपैयाँ लाग्दा धनगढी जान भने १७ हजार १० रुपैयाँ रहेको पाइएको […]

Sep 29, 2024 - 09:53
 0
काठमाडौंबाट भारत जान भन्दा धनगढी जाने हवाईभाडा महँगो, विपत्तिमा एयरलाइन्स कम्पनीको मनलाग्दी !

काठमाडौँ । दशैँको मुखमा काठमाडौँबाट भारतको राजधानी दिल्ली जानभन्दा नेपालकै धनगढी जाने हवाई भाडा महँगो भएको पाइएको छ । आइतबार विभिन्न एयरलाइन्सको भाडा दर हेर्दा काठमाडौँबाट भारत जानभन्दा धनगढी जाने हवाई भाडा महँगो भएको पाइएको हो ।

दिल्ली जान ११ हजार दुई सय ८२ रुपैयाँ लाग्दा धनगढी जान भने १७ हजार १० रुपैयाँ रहेको पाइएको छ ।

दशैंको मुखमा यसरी हवाई कम्पनीहरुले भाडादर चर्को बनाउँदा घर जाने यात्रुहरु मारमा परेका छन् । छिमेकी देशको राजधानी जानुभन्दा आफ्नै देशको एक ठाउँ जान महँगो परेपछि सामाजिक संजालमा सरकारको चर्को आलोचना भईरहेको छ ।

हरेक वर्ष दशैँमा दिल्ली जानेआउने भाडा सस्तो हुन्छ भने नेपालका विभिन्न ठाउँमा जाने भाडा महँगो हुन्छ । जसले गर्दा यात्रुहरु मर्कामा पर्ने गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register