एमालेले उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । विगत तीन दिनदेखि देशभर परेको अत्याधिक वर्षात्का कारण […]

Sep 29, 2024 - 10:08
 0
एमालेले उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने

काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

विगत तीन दिनदेखि देशभर परेको अत्याधिक वर्षात्का कारण कम्तिमा पनि १०७ जनाले ज्यान गुमाएका छन् भने कविर ७० जना हालसम्म वेपत्ता छन् । आज दिउँसोका लागि सरकारले बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले सुझावहरु राख्ने पनि निर्णय भएको एमालेले जनाएको छ ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register