आइतबार २२.३६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा पुगेको छ । नेप्सेमा कुल ३ सय २७ कम्पनीको एक करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्बमाथिको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा […]

Sep 29, 2024 - 10:33
 0
आइतबार २२.३६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा पुगेको छ ।

नेप्सेमा कुल ३ सय २७ कम्पनीको एक करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्बमाथिको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १५ करोड ९२ लाख ३० हजार ८ सय २० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजार सबैभन्दा धेरै नाफा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register