दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं ल्याइयो

काठमाडौं । इमेज सहकारी ठगी मुद्दामा दिल्लीमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । ११ असोजमा दिल्ली विमानस्थलबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याइएको हो । इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । इन्टरपोलसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । नेपालीसहित […]

Sep 29, 2024 - 10:45
 0
दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं ल्याइयो

काठमाडौं । इमेज सहकारी ठगी मुद्दामा दिल्लीमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

११ असोजमा दिल्ली विमानस्थलबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याइएको हो ।

इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । इन्टरपोलसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

नेपालीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध अदालतले गत जेठमै पक्राउ पुर्जी जारी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register