बाढी-पहिरोमा परी अहिलेसम्म १२९ जनाको मृत्यु, ६२ बेपत्ता

काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म एक सय २९ जनाको मृत्यु भएको छ। आइतबार दिउँसोसम्म १२९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अझै ६२ जना बेपत्ता छन् । त्यस्तै, घटनामा ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धारसमेत गरेको छ। […]

Sep 29, 2024 - 10:45
 0
बाढी-पहिरोमा परी अहिलेसम्म १२९ जनाको मृत्यु, ६२ बेपत्ता

काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म एक सय २९ जनाको मृत्यु भएको छ।

आइतबार दिउँसोसम्म १२९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अझै ६२ जना बेपत्ता छन् ।

त्यस्तै, घटनामा ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धारसमेत गरेको छ।

वर्षाका कारण विभिन्न ठाउँका सडक पनि अवरूद्ध छन् । लामो दूरीमा निस्किनुपरेमा प्रहरी कार्यालयमा सम्पर्क गरी मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register