एक्यानको लगानी सम्बन्धी एक दिने छलफल तथा गोष्ठी कार्यक्रम सम्पन्न….(फोटो-कथा)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले लगानी सम्बन्धी एक दिने छलफल तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्राविधिक सहकार्य तथा एक्यानको आयोजनामा असोज ११ गते (शुक्रबार) ‘नेपाल डिमिस्टिफाइङ्ग पाथ टू प्रोस्पेरिटी’ शीर्षकमा एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । काठमाडौँको होटल मेरियटमा भएको उक्त कार्यक्रममा […]

Sep 29, 2024 - 10:53
 0
एक्यानको लगानी सम्बन्धी एक दिने छलफल तथा गोष्ठी कार्यक्रम सम्पन्न….(फोटो-कथा)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले लगानी सम्बन्धी एक दिने छलफल तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्राविधिक सहकार्य तथा एक्यानको आयोजनामा असोज ११ गते (शुक्रबार) ‘नेपाल डिमिस्टिफाइङ्ग पाथ टू प्रोस्पेरिटी’ शीर्षकमा एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौँको होटल मेरियटमा भएको उक्त कार्यक्रममा नेपालमा वैदेशिक लगानीमा देखिएका समस्या र त्यसका समाधान केन्द्रित बहस तथा छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विशेष अतिथिका रुपमा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली थिए ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठ, कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत सिए जितेन्द्र धिताल र नागरिक लगानी कोषका कार्यकारी निर्देशक प्रभात कुमार कार्की प्यानलिस्ट थिए । कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, बिजनेश अक्सिजन प्राइभेट लिमिटेडका अध्यक्ष तथा सीईओ शिद्धान्त राज पाण्डे, आइएमई ग्रुपमा कार्यकारी निर्देशक हेमराज ढकाल र अर्थविद् डा. विश्वास गौचन पनि प्यानलिस्टका रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा आईआईडीएसका कार्यकारी प्रमुख, भारतको एसबीआई क्याप्सका प्रतिनिधि, पावर फाइनान्स कर्पोरेसन भारतका सिनियर जिएम, डोल्मा इम्प्याक्ट फण्डका प्रतिनिधि तथा नेपाली तथा वैदेशिक लगानीकर्ता र विज्ञहरुको सहभागिता थियो । सोही दिन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभा पनि भएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register