रास्वपा भन्छ – दुई दिनको पानीले दुई तिहाई सरकारको औकात देखाइदियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार, गठबन्धन र गठबन्धनमा आबद्ध राजनीतिक दल र कार्यकर्ताहरू रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रीत भएको निष्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता मनिषा झाले भने, दुई तिहाई सरकारको औकात २ दिनको पानीले देखाइदियो, उहाँहरु बालेन र कुलमानको पछि लागेर […]

Sep 29, 2024 - 11:57
 0
रास्वपा भन्छ – दुई दिनको पानीले दुई तिहाई सरकारको औकात देखाइदियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार, गठबन्धन र गठबन्धनमा आबद्ध राजनीतिक दल र कार्यकर्ताहरू रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रीत भएको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता मनिषा झाले भने, दुई तिहाई सरकारको औकात २ दिनको पानीले देखाइदियो, उहाँहरु बालेन र कुलमानको पछि लागेर मात्र बस्नु भयो । यस्तो विपद् आउँदैछ भनेर रवि लामिछाने गृहमन्त्री हुँदै मन्त्रालयमा अलर्ट गराउनुभएको थियो तर, अहिलेको गृहमन्त्रीले त्यस्को बेवास्ता गर्नुभयो ।’

प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register