तीनदिने विपद्‌बारे माओवादी- पूर्वानुमान हुँदाहुँदै सरकारले पूर्वतयारी गरेन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले प्राकृतिक विपत्तिबाट बच्नका लागि पूर्वतयारी गर्न नसकेको टिप्पणी गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले यस्तो बताएका हुन् । “बडो राम्रो पूर्वनुमान थियो । त्यसको आधारमा सरकारले सूचना मात्रै प्रवाह गर्‍यो तर, त्यससँग सम्बन्धित […]

Sep 29, 2024 - 11:57
 0
तीनदिने विपद्‌बारे माओवादी- पूर्वानुमान हुँदाहुँदै सरकारले पूर्वतयारी गरेन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले प्राकृतिक विपत्तिबाट बच्नका लागि पूर्वतयारी गर्न नसकेको टिप्पणी गरेको छ ।

आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले यस्तो बताएका हुन् ।

“बडो राम्रो पूर्वनुमान थियो । त्यसको आधारमा सरकारले सूचना मात्रै प्रवाह गर्‍यो तर, त्यससँग सम्बन्धित कामहरू गर्न सकेन । त्यसमा कमी रह्यो,” नेता बस्नेतले भने ।

यस्तै अहिले पक्ष वा विपक्ष नभनीकन खोज तथा उद्धारमा खट्नुपर्ने उनले बताएका छन् । “जे-जे भयो, भइहाल्यो । अबचाहिँ पक्ष वा विपक्ष केही नभनेर खोज तथा उद्धारमा खट्नुपर्‍यो भन्ने छ । हामीले सरकारलाई यही सुझाव गरेका छौँ,” उनले भने ।

बिहीबार रातिदेखि शनिबार साँझसम्म भएको अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी १२५ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register