प्रचण्डले पनि गरे चणिकलाल तामाङलाई सम्मान

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेका छन् । निजी निवास खुमलटारमा बोलाएर प्रचण्डले तामाङलाई सम्मान गरेका हुन् । तामाङले शनिबार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । घण्टौंसम्म […]

Sep 29, 2024 - 11:57
 0
प्रचण्डले पनि गरे चणिकलाल तामाङलाई सम्मान

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।

निजी निवास खुमलटारमा बोलाएर प्रचण्डले तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले शनिबार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए ।

घण्टौंसम्म टहराको छानामाथि चढेर गुहार मागिरहँदा कसैले सहयोग नगरेपछि उनीहरुलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदोँ भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए ।

उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडिएर उत्रिएका थिए भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register