चणिकलाल भन्छन्- बढ्दै गरेको नख्खु बाढीमा पसेँ र दुईजना बचाएँ, एकजना बचाउन सकिनँ

काठमाडौं । शनिबारको नख्खु बाढीमा दुईजना बचाएका चणिकलाल तामाङले मान्छे बचाउँदा आफूलाई खुसी लागेको बताएका छन् । आइतबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवास नै बोलाएर सम्मान गरेका थिए । त्यस क्रममा तामाङले यस्तो बताएका हुन् । उनले भने, “मान्छे बचाउँदा खुसी लागेको छ ।” अगाडि उनले भने, “खोला त बढ्दै थियो । खोलामा नानी चेपेको, […]

Sep 29, 2024 - 12:05
 0
चणिकलाल भन्छन्- बढ्दै गरेको नख्खु बाढीमा पसेँ र दुईजना बचाएँ, एकजना बचाउन सकिनँ

काठमाडौं । शनिबारको नख्खु बाढीमा दुईजना बचाएका चणिकलाल तामाङले मान्छे बचाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।

आइतबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवास नै बोलाएर सम्मान गरेका थिए । त्यस क्रममा तामाङले यस्तो बताएका हुन् । उनले भने, “मान्छे बचाउँदा खुसी लागेको छ ।”

अगाडि उनले भने, “खोला त बढ्दै थियो । खोलामा नानी चेपेको, बग्दै गरेको एकजना मान्छेले इशारा गर्‍यो । यसपछि म पसेँ र दुबैलाई बचाएँ । तीनजना बगेका रहेछन्, एकजनालाई बचाउन सकिनँ, दु:ख लाग्यो । ती मान्छे त बगेछन् ।”

प्रचण्डले तामाङले धेरै राम्रो काम गरेको बताए । “तपाईंले धेरै राम्रो काम गर्नुभयो, आज देशमा तपाईंको मात्रै चर्चा छ,” प्रचण्डले खादा लगाइदिँदै भने ।

बिहीबार रातिदेखि शनिबार साँझसम्म भएको निरन्तरको वर्षाका कारण अहिलेसम्म १२५ भन्दा बढीको मृत्यु भइसकेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

  • सम्बन्धित समाचार

प्रचण्डले पनि गरे चणिकलाल तामाङलाई सम्मान

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register