हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदी सम्मानित

काठमाडौँ । हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदी सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभामा सिइओ सुवेदी सम्मानित भएका हुन् । विभिन्न पब्लिक कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् अध्यक्ष बन्न सफल आफ्ना सदस्यहरुलाई सम्मान गर्दै एक्यानले विभिन्न संस्थाका कार्यकारी प्रमुख तथा अध्यक्षहरुलाई सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सिए. […]

Sep 29, 2024 - 12:17
 0
हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदी सम्मानित

काठमाडौँ । हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदी सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभामा सिइओ सुवेदी सम्मानित भएका हुन् ।

विभिन्न पब्लिक कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् अध्यक्ष बन्न सफल आफ्ना सदस्यहरुलाई सम्मान गर्दै एक्यानले विभिन्न संस्थाका कार्यकारी प्रमुख तथा अध्यक्षहरुलाई सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सिए. अरुण राउतले सुवेदीलाई सम्मान गरेका हुन् ।

सुवेदीसँगै खल्ती डिजिटल वालेटका सिइओ विनय खड्का, कुमारी बैंकका सिइओ रामचन्द्र खनाल, ज्योति बिकास बैंकका सिइओ कपिल ढकाल, नेपाल दूरसंचार प्राधिकरणका सिइओ भुपेन्द्र भण्डारी लगायतलाई पनि सम्मान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register