घट्टे खोलामा बेपत्ता बालिकाको शव फेला

धादिङ । गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले शुक्रबार बगाएको बालिकाको शव आइतबार फेला परेको छ । गजुरी गाउँपालिका वडा नम्बर ८ दोभानखर्कका सलान तामाङको छोरी ६ वर्षीया युना तामाङको शव बेलबोटेमा फेला परेको स्थानीय खोजकर्ता योगेन्द्र तामाङले बताए । स्थानीय पठाओ मोटरसाइकलमा आमासँग घर जान लागेको बेला बाढी आएको […]

Sep 29, 2024 - 12:36
 0
घट्टे खोलामा बेपत्ता बालिकाको शव फेला

धादिङ ।

गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले शुक्रबार बगाएको बालिकाको शव आइतबार फेला परेको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ८ दोभानखर्कका सलान तामाङको छोरी ६ वर्षीया युना तामाङको शव बेलबोटेमा फेला परेको स्थानीय खोजकर्ता योगेन्द्र तामाङले बताए ।

स्थानीय पठाओ मोटरसाइकलमा आमासँग घर जान लागेको बेला बाढी आएको खोलाले मोटरसाइकल समेत बगाएको थियो । आमा र चालक पौडिएर निस्किएका थिए, भने बालिका बेपत्ता भएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register