बाढीपहिरो पछि हुन सक्छ धेरै रोगको जोखिम, यसरी बच्नुहोस्

काठमाडौं । हालै मात्र देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटना भएका छन् । यस विपद्ले ठूलो जनधनको क्षति पुगेको छ । बाढी र पहिरोपछि खानपान र बसोबासको समस्यासँगै गम्भीर रोगको संक्रमण पनि हुन सक्छ । धेरै दिनदेखि घर र बाटोमा जमेकाले पानी प्रदूषित हुने सम्भावना धेरै गुणा बढ्ने र पाइप जमिनमुनि भएकाले त्यसबाट संक्रमणको […]

Sep 29, 2024 - 12:57
 0
बाढीपहिरो पछि हुन सक्छ धेरै रोगको जोखिम, यसरी बच्नुहोस्

काठमाडौं । हालै मात्र देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटना भएका छन् । यस विपद्ले ठूलो जनधनको क्षति पुगेको छ । बाढी र पहिरोपछि खानपान र बसोबासको समस्यासँगै गम्भीर रोगको संक्रमण पनि हुन सक्छ ।

धेरै दिनदेखि घर र बाटोमा जमेकाले पानी प्रदूषित हुने सम्भावना धेरै गुणा बढ्ने र पाइप जमिनमुनि भएकाले त्यसबाट संक्रमणको खतरा एक महिनासम्म रहन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार, बालबालिका र जेष्ठ नागरिकलाई अझ बढि जोखिम हुन्छ ।

कस्ता रोगको जोखिम हुन्छ ?

विशेषज्ञका अनुसार जमेको पानीमा लामखुट्टे र ब्याक्टेरिया–भाइरस छिटो फैलिन्छन् । यी नै रोग फैलाउने मुख्य कारण बन्न सक्छन् । यसका कारण मलेरिया, डेंगु जस्ता रोग बढ्न सक्छन् । झाडापखाला, हैजा र टाइफाइड जस्ता रोग पनि देखिन सक्छ ।

बाढीको स्थिति समाप्त भए पनि फोहोरले रोग भने निम्त्याउन सक्छ । फोहोरबाट संक्रमण हुन सक्छ । यदि खराब खाद्य सामग्रीको सेवन गरियो भने झाडापखाला, बान्ता, पेट दुखाइ जस्ता समस्या देखिन सक्छन् ।

यी रोगबाट कसरी बच्ने ?

पानी उमाल्नुहोस्

बाढीको समयमा पानी उमालेर पिउनाले धेरै रोगबाट बचाउँछ । पिउने र खाना तयार गर्नका लागि सबै पानीलाई क्लोरीनीकरण गर्नु वा उमाल्नु आवश्यक हुन्छ ।

बाढीको सम्पर्कमा आएको खाना फाल्नुहोस्

सफाइको विशेष ख्याल राख्नुहोस् , ताजा खाना खानुहोस्, खाना ढाकेर राख्नुहोस् , भाँडा धुने, दाँत सफा गर्ने, अन्न धुने र कुनै पनि कामका लागि बाढीको पानीको प्रयोग नगर्नुहोस् ।

यदि तपाईं बाढीको पानीको सम्पर्कमा हुनुहुन्छ भने सधैँ आफ्नो हात साबुन र सफा पानीले धुनुहोस् । यदि खाना बाढीको पानीले छोएको छ भने यसलाई खानु हुदैँन।

बाढी प्रभावित घरको राम्रोसँग सफाइ गर्नुहोस्

यदि तपाईंको घरमा बाढीको पानी पसेको छ भने सुकिसकेपछि राम्रोसँग सफा गर्नुहोस् । बाढीको पानीले भिजेका तकिया र गद्दा राम्रोसँग सफा नगरी नगर्नुहोस् । सबै पर्खाल, भुईँ र अन्य सतहलाई साबुन र पानीसँगै ब्लीचले सफा गर्नुहोस् ।

लामखुट्टे बाट बच्नुहोस्

यदि तपाईंको घरमा पानी जम्मा भएको क्षेत्र छ भने पानी हटिसकेपछि पनि लामखुट्टे निरोधक मलमको प्रयोग गर्नुहोस् । यसलाई कपडा वा छालामा लगाउनुहोस् । साथै लामो बाहुला भएको कपडा लगाउनुहोस् र सुत्ने बेला ओछ्यानमा झुलको प्रयोग गर्नुहोस् ।

छालाको संक्रमणबाट बच्नुहोस्

बाढी र फोहोर पानीका कारण छालाको संक्रमणको जोखिम बढ्छ । छाला फुट्ने, दाद, चिलाउने र फोका निस्कने समस्या देखिन सक्छ । यसलाई ठिक गर्न आवश्यक औषधि लगाउनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register