भारती बन्धु समाजद्वारा आठ जना सम्मानित

चारपाने, १३ असोज । भारती बन्धु एकता समाज नेपालले प्रतिभाशाली ब्यक्तित्व एवम् जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले आज (आइतवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजित प्रथम झापा जिल्ला भारती बन्धु भेला साथै दशैं तिहार शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी आठ जना भारती बन्धुहरुका प्रतिभाशाली ब्यक्तित्व एवम् आठ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो [...] The post भारती बन्धु समाजद्वारा आठ जना सम्मानित appeared first on Jhapa Online.

Sep 29, 2024 - 13:02
 0
भारती बन्धु समाजद्वारा आठ जना सम्मानित

चारपाने, १३ असोज । भारती बन्धु एकता समाज नेपालले प्रतिभाशाली ब्यक्तित्व एवम् जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

समाजले आज (आइतवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजित प्रथम झापा जिल्ला भारती बन्धु भेला साथै दशैं तिहार शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी आठ जना भारती बन्धुहरुका प्रतिभाशाली ब्यक्तित्व एवम् आठ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सोही भेलाले झापामा नयाँ नेतृत्वसमेत चयन गरेको छ ।

सम्मानीत हुनेमा डा. सोनु भारती, बालगायक अश्विन भारती, जनप्रतिनिधि राजुजंग भारती, पूर्व वडाध्यक्ष ध्यानबहादुर भारती, जनप्रतिनिधि सुशिला गिरी भारती, कमल भारती, प्रेम भारती, ज्ञानबहादुर भारती, जनप्रतिनिधि सूर्यमान भारती छन् ।

त्यसैगरी भारती बन्धुका ७५ बर्षमाथिका आठ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेमा भीममाया भारती, गुनमाया भारती, प्रभुराम भारती, दिलकुमारी भारती, जगतबहादुर भारती, प्रभाकर भारती, अम्बरबहादुर भारती र सरस्वती भारती रहेका छन् ।

भेलाले पहिलो पटक झापामा समाजको नेतृत्व चयन गरेको छ । मानबहादुर भारतीको अध्यक्षतामा गठित समितिको महिला उपाध्यक्षमा सीता भारती र उपाध्यक्षमा लक्ष्मी भारती सर्वसम्मत चयन भएका छन् । त्यस्तै समितिको सचिबमा सुवेश भारती, कोषाध्यक्षमा डिल्लीराम भारती र सदस्यमा रामबहादुर भारती, राजकुमार भारती र जगतबहादुर भारती सर्वसम्मत चयन भएका छन् ।

सोही कार्यक्रमकाबिच समाजले पाँच बुँदे घोषणापत्र समेत जारी गरेको छ । भारती समाजले देशभरी आएको वाढी पहिरो र डुवानबाट भएको जनधनको क्षतिको दुःख ब्यक्त गरेको गर्दछौ, दशनामी जातीलाई छुट्टै समावेशी कोटा कायम राखि समावेश गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछौ, भारती थर भएको हाम्रो जातीलाई खस दशनामी जातीमा सचिकृत गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार तथा राष्ट्रिय समावेशी आयोगमा निवेदन गर्दछौं, बहुलजाती, भाषा, धर्म संस्कृति युक्त राष्ट्रको संविधानको रक्षा र सम्मान गर्दछौंलगायतका ५ बुँदे घोषणापत्र छन् ।

कार्यक्रममा बालगायक अश्विन भारती, गायक अनुज भारती र सीता भारतीले गायन प्रस्तुत गरेका थिए भने गीतमा भारती बन्धुहरुका आमा दिदिबहिनी र दाजुभाईले नृत्य प्रस्तुत गरेका थिए । भारती बन्धु एकता समाज नेपालका केन्द्रिय अध्यक्ष उमेशचन्द्र भारतीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा नेपाल दशनामी समाज झापाकी महिला अध्यक्ष पार्वता गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत केन्द्रिय उपाध्यक्ष ध्यानबहादुर भारतीले गरेको कार्यक्रममा प्रमुख अतिथि पार्वता गिरी, बिराटनगरका प्रतिनिधि सुवास भारती, सुनसरीका प्रतिनिधि लक्ष्मी भारती र झापाका टेकप्रसाद भारतीले शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरुले दशनामी समाजमा भारतीहरुलाई नसमेटेको भन्दै गुनासो गरेका छन् । कार्यक्रमको सञ्चालन दिक्षा भारतीले गरेकी थिइन् । कार्यक्रममा भारती बन्धुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

The post भारती बन्धु समाजद्वारा आठ जना सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register