झापामा बेपत्तामध्ये दुईको शव फेला, एकको अवस्था अझै अज्ञात

झापा, १३ असोज । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ७ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको [...] The post झापामा बेपत्तामध्ये दुईको शव फेला, एकको अवस्था अझै अज्ञात appeared first on Jhapa Online.

Sep 29, 2024 - 13:14
 0
झापामा बेपत्तामध्ये दुईको शव फेला, एकको अवस्था अझै अज्ञात

झापा, १३ असोज । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ७ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको मृत्यु भएको छ ।

असोज ११ गते दिउँसो झापा कचनकवल गाउँपालिका–१ चमरभित्ता स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेको सोही स्थानका पञ्चु राजवंशीको १४ वर्षीया छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएर बेपत्ता भएकी थिइन् । उनको शव आज दिउँसो कचनकवल गाउँपालिका–१ चमरभिट्टास्थित रहेको जमुना खोलाको बीचमा घोप्टो परी मृत अवस्थामा फेला पारेको छ ।

यस्तै धनकुटास्थित तमोर नदीमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । यस्तै बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा १ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पक्षी मरेका छन् । यस्तै पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएका छन् भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।

१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार सङ्ख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले परिन उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित भएका छन् । हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, सङ्खुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुङ्गामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।

The post झापामा बेपत्तामध्ये दुईको शव फेला, एकको अवस्था अझै अज्ञात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register