अधिकांश टिकट महँगोमा बेचेपछि एयरलाइन्स सञ्चाकहरुले भने- ‘नियमित शुल्कमै उडाउँछौँ’, उल्टै सरकारसँग ‘बार्गेनिङ’

काठमाडौँ । अधिकांश टिकट महँगोमा बेचेपछि एयरलाइन्स कम्पनीहरुले नियमित शुल्कमै हवाई टिकट उपलब्ध गराउने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बेचेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्स सञ्चालक संघको बैठकले आगामी तीन दिनसम्म हवाई टिकटमा अधिकतम शुल्क नलिने निर्णय गरेका हुन् । संघका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई […]

Sep 29, 2024 - 13:49
 0
अधिकांश टिकट महँगोमा बेचेपछि एयरलाइन्स सञ्चाकहरुले भने- ‘नियमित शुल्कमै उडाउँछौँ’, उल्टै सरकारसँग ‘बार्गेनिङ’

काठमाडौँ । अधिकांश टिकट महँगोमा बेचेपछि एयरलाइन्स कम्पनीहरुले नियमित शुल्कमै हवाई टिकट उपलब्ध गराउने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बेचेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्स सञ्चालक संघको बैठकले आगामी तीन दिनसम्म हवाई टिकटमा अधिकतम शुल्क नलिने निर्णय गरेका हुन् ।

संघका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिएका छन् ।

उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने कार्कीले बताएका छन् । तर, आगामी तीन दिन नियमित शुल्कमै हवाई टिकट वितरण गर्छौं भनेका एयरलाइन्स कम्पनीहरुले यसअघि नै अधिकांश टिकट महँगोमा बिक्री गरिसकेको छन् ।

हवाई भाडा महङ्गो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।

हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ । हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रुपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

अधिकांश हवाई टिकट महँगोमा बिक्री गरिसकेपछि नियमित शुल्कमै हवाइ टिकट उपलब्ध गराउने निर्णय गरेका एयरलाइन्स सञ्चालकहरुले उल्टै सरकारसँग इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट मागेर बार्गेनिङ गर्न खोजेको आरोप लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register